यी हुन् वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै आठलाख ठगी गर्ने व्यक्ति

काठमाडौं, माघ २८ । आठलाख ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरबाट पक्राउ गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको उनले बताए ।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको र थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । वैदेशिक रोजगार पठाइलिन्छु भन्दै ठग्नी यस्ता दिनानुदिन पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्