अस्थायी राजधानी नै स्थायी हुने
काठमाडौं। सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।
यसबाट प्रदेश संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्