अफगानिस्तानमा सैनिक कारवाहीमा १८ तालिबान लडाकु मारिए

काठमाडौं, माघ २५ ।सैनिक कारवाहीमा अफगानिस्तानमा १८ तालिबान लडाकु मारिएका छन् ।
अफगानिस्तानको पूर्वी लगमन प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमाण्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको हो ।

सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ ।

कारबाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दीन समेतका अरु दर्जनौं लडाकू घाइते भएका छन् । उक्त सैनिक कारबहीमा लडाकू बिमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।

दर्जनौं गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारबाहीका क्रममा चार जना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ । उक्त कारबाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्