ग्रामीण विकासको एफपीओमा २५ लाखभन्दा बढीको आवेदन

काठमाडौं । नेपाल ग्रामीण विकास बैंक को एफपिओमा २५ लाखभन्दा बढीको आवेदन परेको छ । संस्थाले २७ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि (एफपीओ) निष्कासन गरेको थियो । तोकिएकोे मितिसम्ममा २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ९ लाख ७५ हजार कित्ता शेयरहरुको सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार आवेदन खुल्ला गरेको पहिलो दिन (मंगलबार) ३० करोड पच्चिस लाख भन्दा बढीको आवेदन परेको थियो भने दोस्रो दिन ५२ करोड भन्दा माथिको परेको छ । त्यसैगरि , तेस्रो दिन ७६ करोड ३८ लाख भन्दा बढी आवेदन परेको थियो । त्यस्तै , चौथो अर्थात अन्तिम दिन १ अर्ब १५ करोड ७० लाख भन्दी बढी आवेदन गरी २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

नेपाल ग्रामीण विकास बैंकले साधारण शेयरको हिस्सा बढाउन एफपीओ निष्कासन गरेको हो । संस्थाले प्रिमियममा एफपीओ निकाल्न खोजे पनि विगतको वित्तीय विवरण राम्रो नभएको कारण १ सय रुपैयाँमा नै एफपीओ निकाल्ने बाध्य भएको थियो ।

पाँच विकास क्षेत्र रहेका ५ वटा ग्रामीण विकास बैंक मर्जर भएर बनेको नेपाल ग्रामीण विकास बैंक भएको थियो । प्रस्तावित एफपीओ पछि सस्थापक र साधारण शेयरको हिस्सा ६९ दशमलब ९० र ३० दशमलब १० प्रतिशतको अनुपातमा हुनेछ ।

हाल विकास बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओ निष्काशनपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्