सुदूरपश्चिममा बिहानै दुई पटक भूकम्पको धक्का , बझाङ केन्द्रबिन्दु

काठमाण्डौ , माघ २५ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहान दुई पटक भूकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्दबिन्दु भएर गएको ५ दशमलव ३ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।

त्यसअघि बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्