काजकिस्तानमा बस दुर्घटना, ५२ को मृत्यु

काठमाडौ । उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ ।

गुडिरहेको बसमा एक्कासी आगलागी भएको थियो सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ ।

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा २ जना बस चालक सहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ ।
पाँच जनालाई भने उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु भएपछि सो सङ्ख्या ५५ पुगेको बताइएको छ ।

मन्त्रालयले यस आगलागीको कारण भने खुलाएको छैन । प्रारम्भिक सूचना मात्र प्राप्त भएको बताइएको छ ।

प्रहरीले भने बिहीबार साँझ सम्ममा उक्त दुर्घटना हुनुको कारणको विस्तृत जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्