जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख लिएको आरोपमा वकिल पक्राउ

काठमाडौं , माघ २४ । जेलमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ४२ लाख रकम घूस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रका अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी धिरजप्रताप सिहंका अनुसार रानामगरले राजस्व चुहावटमा पूर्पक्षका लागि जेल चलान भएका रमेश दहालको परिवारसँग सो रकम लिएका थिए ।

छुटाइदिने भन्दै रकम लिँदासमेत रमेश नछुटेपछि उनका आफन्त प्रहरीको शरणमा पुगेका थिए । यसपछि प्रहरीले उनलाइ पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्