आजबाट तीन दिन वर्षासँगै हिमपातको सम्भावना: कुन ठाउँमा कस्तो ?

काठमाडौं, माघ २४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन मुलुकका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।तीन दिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने जनाएको हो ।

अहिले देशको पहाडी भूभागका केही स्थानको मौसममा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागमा दिउँसो पनि आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भू(भागका १(२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भू(भाग लगायत अन्य पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भाग सामान्यतया सफा रहने छ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू(भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आइतबार)

दिउँसोः देशका पूर्वी भू(भाग र मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू(भागका १(२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू(भागमा आंशिक बदली रहि बाकि भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

आज शुक्रवारबाट नेपालमा पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपात र पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्