पत्रकारले अब लाइसेन्स लिनुनपर्ने, मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं , माघ २३ । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो । यो सँगै अब पत्रकारले लाइसेन्स लिनुनपर्ने भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिके विधेयक सर्वसम्मत पारित गरेको हो ।सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे ।

पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले बताउँदै भने ‘यद्यपी, पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो र्हाइन । पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको थियो’ मन्त्री बास्कोटाले भने । धेरैको दबाब पछि यो रद्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्