विवादको बिच शुरु भयो वीरगञ्जको मतगणना

काठमाडैं । प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको तेस्रो चरण अन्तर्गत सोमबार मतदान भएको २ नम्बर प्रदेशको एकमात्रै महानगरपालिका वीरगन्जको मतगणना आज दिउँसोबाट शुरु भएको छ ।

सर्वदलीय बैठकमा कुरा नमिल्दा विहान साढे ११ बजेदेखि वीरगन्जको मतगणना शुरु गर्ने सहमति भएपनि १ घण्टा ढिलो गरी साढे १२ बजेदेखि शुरु भएको हो ।

मतदान सकिएलगत्तै (सोमवार राति) नै मतगणना शुरु गर्ने भनिएपछि राजनीतिक दल, स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीच आपसी विवाद उत्पन्न हुँदा वीरगन्जको मतगणनामा ढिलाई भएको हो ।

मतगणना शुरु गर्ने विषयमा मंगलवार विहान ६ बजे सर्वदलीय बैठक बोलाइएको थियो । तर दलका प्रतिनिधिहरु ढिला गरि मतगणना स्थलमा पुगेका थिए ।

राजनीतिक दलहरुले मतगणनास्थलमा सुरक्षाका लागि सीसीटिभी राखिनुपर्ने, तारजालीको व्यवस्था गरिनुपर्ने लगायत माग राखेतापनि आयोगले कुनैपनि व्यवस्था गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्