गच्छदारलाई फसाउने प्रयास भएको कांग्रेसको निष्कर्ष, आन्दोलनको घोषणा गर्ने तयारी

काठमाडौं , माघ २३ । नेपाली कांग्रेसले उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसले नियोजित रूपमा फसाइएको निष्कर्ष निकालेको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारीहरु बैठकले गच्छदारलाई नियोजित रुपमा फसाइएको जनाएका हो ।

कांग्रेस पदाधिकारीहरुले कानुन व्यवसायीहरुसंग समेत छलफल गरेका थिए । पदाधिकारी बैठकले गच्छदारलाई फासाइएको निष्कर्ष सहित प्रतिकार गर्ने तयारी गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले आन्दोलनको घोषणा गर्न आजै भ्रातृ संस्थाहरुसँग छलफल गर्ने निर्णय समेत गरेको छ । यसबारेमा औपचारिक धारणा सार्वजानिक गर्नका लागि दिउसो ४ वजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्