कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो, २८ हजार भन्दा बढि संक्रमित

काठमाडौं, माघ २३ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको हो । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब २८ हजार २ सय ६२ पुगेको अधिकारीहरुले जनाएको छ ।

ती मध्ये चीनमा मात्र २८ हजार १८ जना छन् । भाइरसका कारण चीनमा मात्र नभइ विश्वमा नै त्रास फैलिएको छ ।चिनीयाँ सरकारले नयाँ अस्पताल निर्माण गर्न हतार गरेको र अन्य देशका नागरिक स्वदेश फकार्उने तयारी गर्दैछन् । चीनियाँ सरकारले सबै यात्राविरुद्ध चेतावनी दिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार २४ घण्टादेखि मध्य रातको अवधिमा ७३ मानिसको मृत्यु भएको हो । कोरोनाबाट एक दिनमै मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी भएको पुष्टि भएको छ ।

वुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यस बाहेक उत्तर पूर्वीको तियानजिन तथा हेलोङजियाङ र दक्षिण पश्चिमको गुइझौमा अन्य तीन जनाको मृत्यु भएको हो ।चीन बाहेक अन्य देशमा हालसम्म दुईको मृत्यु भएको छ । ती मध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्