उद्योग सञ्चालनमा ढिलाइ नगर्न उद्योगमन्त्री भट्टको निर्देशन

काठमाडौं , माघ २२ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने बताएका छन् । नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाइ नगर्न निर्देशन पनि दिए । साथै उनले उद्योगमा सञ्चालनको कार्य पनि निरन्तर तथा गुणस्तर गर्न आग्रह गरे ।

फलाम उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब विनियोजन गरिगरेको छ । एक वर्ष्भित्रै व्यावसायिक उत्पादन गर्ने दाबी गरिएको खानी उत्खनन र उद्योग स्थापनार्थ बजेटको कुनै कमी हुन नदिने अर्थमन्त्रालयले यस अघिनै प्रतिबद्धता जनाइसकेको छ ।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार हुप्सेकोट ५ को ४ स्थानमा १० करोड टन फलामको कच्चा पदार्थ रहेको अनुमान गरिएको छ । उक्त खानीबाट ४० प्रतिशत स्पोन्ज फलाम उत्पादन भएमा ४ करोड टन फलाम उत्पादन हुने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्