वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं , माघ २२ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । मनमोहन अस्पतालमा उपचार क्रममा ७२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको निधन भएको हो । नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले सुरू गरेका थिए। त्यसका साथै शर्माले रेडियो नेपालमा समेत समाचार बाचन गरेका थिए ।

इलाम जिल्लामा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माको भाइ समेत हुन् ।शर्माका दुई छोरा र एक श्रीमति छन् ।

प्रतिक्रिया दिनुहोस्