भन्सार कार्यालयका नासु डेढ लाख घुससहित पक्राउ

काठमाडौं, माघ २१ । भन्सार कार्यालयका एक नासु डेढ लाख घुससहित पक्राउ परेका छन् । जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायव सुब्बा अहदम रजा अन्सारी डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

नेपाल–भारत सीमा बजारबाट घरायसी सामान आयात गर्न सहज पारिदिन्छु भन्दै लिएको घुस रकमसहित नासु अन्सारीलाई अख्तियारले पक्राउ गरेको हो । ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ अन्सारीलाई घुससहित नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चोकबाट पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्