चोटले मोराटाको च्याम्पियन्स लिगमा खेल्ने मौका गुमिने

काठमाण्डौँ माघ २१ । अल्भेरो मोराटाको दायाँ खुट्टाको मांशपेशीमा चोट लागेका कारण, स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड मोराटाले युईएफए च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब लिभरपुलसँगको खेल गुमाउने भएका हुन् ।
गत सोमबार राति शहरी प्रतिद्वन्द्वी रियाल म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा चोट लाग्न पुगेका थिए । मोराटाको दायाँ खुट्टाको मांशपेशीमा चोट लागेको कारण उनले घरेलु मैदानमा १८ फेब्रुअरीमा हुने प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउनु परेका छन् । चोट भएलगतै ५०औं मिनेटमा मैदानबाट बाहिरिन परेका थिए ।
च्याम्पियन्स लिगको पहिलो लेग फेब्रुअरी १८ मा घरेलु मैदानमा हुने र दोस्रो लेग ३ मार्चमा लिभरपुलको मैदानमा हुने बताइएको छ । एट्लेटिकोले मोराटा कति लामो समय मैदान बाहिर रहने त्यो भने अहिलेसम्म खुलाएको छैन ।
सोमबार रियालसँगको हारसँगै एट्लेटिको २२ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा रहेको छ । एट्लेटिको रियालसँग १३ अंकले पछि परेको छन् । शीर्षस्थानको रियालको ४९ तथा दोस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ । एट्लेटिकोले शनिबार घरेलु मैदानमा ग्रानडासँग खेल्दैछ ।
विन्टरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का उरुग्वेली फरवार्ड एडिन्सन काभनीले अनुबन्ध गर्न असफल सिमिओनीलाई मोराटाको चोटसँगै झन समस्या भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्