अछाम, पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिए
काठमाडौैँ, २१ माघ । अछाम, पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिएका छन् । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जनाएको हो । वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने यसबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।
हत्या हो या क हो भन्ने विषयमा अहिलै नै एकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । यसको लागि थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्