संघीय संसदको बैठक आज बस्दै
काठमाडौं, २१ माघ । संघीय संसदको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धी प्रतिवेदनहरु पेश हुने कार्यसूची छ ।
आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी पछि । संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालय स्रोतले जनाएको छ ।
यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ । बैठक संविधानसभाको हल नयाँ बनेश्वरमा बस्ने छ ।











प्रतिक्रिया दिनुहोस्