आफ्नै भतिजी अपहरण गरेर १६ लाख रुपैँया मागे

काठमाण्डौँ माघ २० । मध्यपुर थिमि–५ निकोसेरास्थित ग्लोरी इङलिस बोर्डिङ स्कुलमा यूकेजीमा अध्यनरत ६ वर्षीय बालाका ग्रीष्मा राउतको आफन्त पर्ने भनेर बालीकालाई विद्यालयबाट लगेर अपहरण गरेर १६ लाख पैँसा माग गरेको थियो । आफ्नो छोरी सन्चो नभएको हुनाले कुबेर राउतले आइतबार बिहान करिब ११ बजे ‘म ग्रीष्माको बाबा बोलेको, ग्रीष्मालाई सन्चो छैन, आज छोरी लिन आउन भ्याउँदिनँ, भाइसँग पठाइदिनुहोला’ भनेर फेन गरे, फोनमा भनेअनुसारै ग्रीष्मालाई लिन १२ बजेर १० मिनेटमा एक अपरिचित व्यक्ति हेलमेट लगाएरै स्कुल प्रवेश गरेको थियो । स्कुलका शिक्षकले ती व्यक्तिलाई हेलमेट खोल्न लगाए पछि ग्रीष्मालाई शिक्षकले ‘उहाँलाई चिन्छौ नानी ?’ भनेर सोधे । ग्रीष्माले ‘चिन्छु, उहाँ अंकल हो’ भनेको थिइन् ।
चिनेको अङकल हो भनेको हुनाले शिक्षकले ग्रीष्मालाई त्यो अपरिचित व्यक्तिलाई जिम्मा लगाए पछि ती व्यक्तिले ग्रीष्मालाई लिएर ‘पार्टीमा जानु छ, उतै हिँड’ भनेर एनएस ब्रान्डको बा९६प १६२० नम्बरको मोटरसाइकलमा राखेर लगेको थियो । पार्टीमा लैजाने भनेर ग्रीष्मालाईे सूर्य्विनायकस्थित घ्याम्पेडाँडा जंगलमा पु¥र्याएको थियो । ग्रीष्मालाई जंगलमा र्पुयाएपछि मुखमा रुमाल र डोरीले उनको शरीर रुखमा बाँधेर छोडेको थियो । त्यसपछि करिब १ बजे ती अपरिचितले ग्रीष्माका बुबा कुबेर राउतलाई फोन गरे, ‘१६ लाख लिएर आउनू, नत्र छोरी ज्युँदो रहँदिन’ भन्दै धम्की दिएको थियो । त्यसपछि आफ्नो छोरी अपहरण भएको थाहा भयो । त्यसैबेला घ्याम्पेडाँडा घुम्न गएका बिघसिंह कार्की र सुभेच्छा नेपालले जंगलमा बच्चा रोइरहेको आवाज सुनेपछि हामीलाई लाग्यो कुनै आफन्त होला भनेर,’ बिघले भने, ‘आधा घण्टापछि बालिका रोएको आवाज फेरि सुनेपछि हेर्न जादा बालिकाको घाँटीमा टालाले बाँधेको र रूखमा डोरीले बाँधेर तिम्रो बाबालाई लिएर आउछु भनेर भागेको रहेछ । उनीहरु बालिका रहेका ठाउँमा पुगेर शरीर र घाँटीमा बाँधेको टालो र डोरी फुकाइदिए । प्छि सोधखोज गर्दा ग्लोरी इङलिस स्कुलका विद्यार्थी रहेको उनीहरुले थाहा पाएपछि रोइरहेकी ग्रीष्मालाई उनीहरूले करिब २ बजेर ३० मिनेटमा स्कुलमा पु¥याइदियो ।
त्यसपछि प्रहरीले विद्यालय पुगेर अनुसन्धान गर्दा अपहरणकारी आशिष थापा रहेको खुल्यो । आशिष र ग्रीष्माका बुबा कुबेर मामा र फुपूका छोरा रहेछन् । अपहरणमा गर्दा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले पत्ता लगाउन सक्ने भन्दै आशिषले सातदोबाटोस्थित साथी आशिष भण्डारीको घरमा पु¥याएको थियो । भण्डारीको बा९०प ७०० नम्बरको मोटरसाइकलबाट फर्किएका आशिषलाई पछि मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकबाट प्रहरीले पक्राउ र्गयो । उनलाई मोटरसाइकल दिने भण्डारीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमीका डीएसपी शान्तिराज कोइरालाले अपहरणकारी सर्लाही लालबन्दी नगरपालिका–५ घर भई मध्यपुर थिमि–६ बस्ने २० वर्षीय आशिष थापा रहेको पत्ता लागेको छ ।
प्रहरीले अपहरणकारी पक्राउ गर्न सीसीटीभी फुटेजका आधारमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको थियो । फिरौती मागेपछि कुबेर १६ लाख रुपैयाँ र प्रहरीलाई साथमा लिएर गएका थिए । त्यही क्रममा आशिष एसएसचोकबाट साँझ ५ बजेर २० मिनेटमा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्