सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइँदै (कुनकुन परे सूचिसहित)
काठमाडौं, २० माघ । काठमाडौ उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गतसडक सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल आयल निगमलाई पत्राचार गरि यी वटा पेट्रोल पम्प हटाइने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी गराएपछि यो पक्रिया अगाडी बढेको हो ।
काठमाडौंमा हटाइने पेट्रोल पम्पमा
–कोत थुकु पेट्रोल पम्प, बालाजु
–जयन्ती पेट्रोल पम्प, थापाथली
–कनक पेट्रोल पम्प, कालीमाटी
–मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
–बाबा पेट्रोल पम्प, कलङ्की
–श्यामा पेट्रोल पम्प, कलङ्की
–त्रिशूल पेट्रोल पम्प, कलङ्की
–भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
–कामाख्या पेट्रोल पम्प, कोटेश्वर
–जुबी पेट्रोल पम्प, बौद्ध
–बराल पेट्रोल पम्प, बौद्ध
–सीता पेट्रोल पम्प, महाराजगञ्ज
ललितपुरमा हटाइने पेट्रोल पम्प
–बज्रबराही पेट्रोल पम्प, चापागाउँ
–बालकुमारी पेट्रोल पम्प, चापागाउँ
–टीका भैरव डिजेल स्टोर, चापागाउँ
–साझा पेट्रोल पम्प, पुलचोक
–एच पी इन्टरनेसनल, जावलाखेल
–गायत्री पेट्रोल पम्प, जावलाखेल











प्रतिक्रिया दिनुहोस्