६० सह–सचिवसहित उप–सचिवहरुको सरुवा
काठमाडौं, २० माघ । गृहमन्त्रालयले ले ६० सह–सचिवसहित उप–सचिवहरुको सरुवा तथा पदस्थापन गर्ननुका साथ १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि हेरफेर गरेका छन् ।
गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ हेरफेर भएका हुन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएको गृहले जनाएको छ ।
त्यस्तै, आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् । भुसाल प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।
वैदेशिक रोजगार विभागको महानिर्देशक पनि परिवर्तन भएको छ । संघीय मामिला मन्त्रालयले विभागको महानिर्देशकको भूमिकामा रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।











प्रतिक्रिया दिनुहोस्