लिम्पियाधुरासमेत समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन

काठमाडौं , माघ १९ । यही माघ १५ गतेदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटी बैठकमा एमसिसीका बारे चर्को बसह भयो , कसैले आलोचना गरे त कसैले सहमती जनाए । यसको विषयले निकै चर्चा पायो बैकमा , यसैबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनुभएको छ । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

साथै बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताएका हुन् ।उनले अव छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिएका छन् ।
त्यस्तै बैठकमा अध्यक्ष प्रचण्डले यति होल्डिङ्स बारे नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई स्वेतपत्र जारी गर्न निर्देशन दिइएको जवाफ पनि दिएका थिए ।

नेकपा बैठकमा पार्टीको निर्देशनमा सरकार चल्नुपर्नेमा सरकारको निर्देशनमा पार्टी चलेको जस्तो अनुभूति भएको भन्दै केन्द्रीय सदस्यहरुले आलोचना गरेका थिए । त्यस्तै पार्टी र सरकार विधिसंगत ढंगले चलाउनुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए ।

तीनवटै प्रस्ताव पारित

केन्द्रीय समिति बैठकले अधयक्ष केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठानिक तथा विधान संशोधन प्रतिवेदन सर्वसम्मत पारित भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्