एसएसपी राणाले गरे प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौं , माघ १९ । एक महिलालई यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी सौरभ राणाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर उनले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
“अनुसन्धानमा सहयोग गर्छु भन्दै प्रहरीसमक्ष आइपुगेका छन्,” सुनसरी प्रहरी कार्यालय स्रोतले जानकारी दियो, “जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।”
संघीय प्रहरी इकाइ धरानमा कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोपमा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
उनलाई जबर्जस्ती करणीको कसुरमा किटानी जाहेरी परेपछि निलम्बन गरिएको थियो । निलम्बनलगत्तै उनलाई पक्राउको तयारी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्