भारतमा हिन्दु महासभाका प्रदेश अध्यक्षको गोली हानी हत्या

 

काठमाडौं, माघ १९ । भारतमा हिन्दु महासभाका प्रदेश अध्यक्षको गोली हानी हत्या गरिएको छ । उत्तरप्रदेशको राजधानी लखनउमा अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या गरिएको हो ।

राजधानी लखनऊ नजिकैको हजरतगन्जमा बच्चनको गोली हानी हत्या गरिएको हो । घटनाका उनका भाइलाई पनि गोली लागेको छ ।

रणजीत आज विहान आफ्ना भाइसँग मर्निङ वाकमा निस्केको समयमा हजरतगन्ज इलाकामा सीडीआरआई नजिकै मोटरसाइकलमा सवार समूहले गोली हानेको हो । घटनापछि लापरवाही गरेको भन्दै प्रहरीले स्थानीय चौकीका प्रमुख सहित चार जनालाई निलम्बन गरेको छ ।

घटनापछि अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष राजीव कुमारले भारतमा हिन्दुमाथि निरन्तर आक्रमण भइरहेको आरोप लगाउँदै घटनामा सग्लनलाई पक्राउ गर्न माग गरेका छन । उनले सरकारले हिन्दु नेताको सुरक्षा गर्न नसकेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्