सुनसरीमा बस र माइक्रोबस एकआपसमा ठोक्किए , ४ जनाको मृत्यु
काठमाडौं, माघ १९ । सुनसरीमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
इटहरीबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक सबै माइक्रोबसमा सवार रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजना चालक रहेका छन् भने अन्य तीन जनाको नाम, थर खुल्न बाँकी रहेको छ ।
अन्य ७ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी दाहालले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्