लसुन सुन जस्तै, केजीको ५६० रुपैयाँ

काठमाडौं, १९ माघ । बजारा लसुन किन्न जानुभया भने भाउसुनेर अचम्म मान्नुपर्ने भएको छ । लसुनको मूल्य करिब ५६० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ । अझै बढ्ने संभावना छ । बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ ।

‘लसुन त सुनजस्तो भयो,’ उनले भने,’इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन ।’ बढीमा प्रतिकिलो २८५देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँमा पुगेको छ ।

लसुनको मूल्य बढ्नुको कारण हो, आयातमा निर्भर बजार व्यवस्था । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको घिमिरेले बताए ।

‘रसुवागढीबाट आयात रोकिएपछि लसुनको बजारमा अभाव छ,’ उनले भने,’अभावले गर्दा लसुन यसरी महंगिएको छ बजारमा मूल्यले उछाल हानिरहेको छ ।’ चीनतर्फ सडक बिग्रिएपछि दुई हप्ताअघि चीनबाट हुने आयात रोकिएको थियो ।

अब चीनबाट आउने सुकेको लसुनले भान्छा धान्न गाह्रो हुने अवस्था आएको छ । तर, हरियो लसुसन उपभोक्ताको विकल्पमा छ ।

हरियो लसुन अहिले औसत १४५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । तर, सुकेको लसुन महंगिएपछि हरियोमो माग बढ्दा यसको मूल्य पनि बढ्ने क्रममा छ । १५ दिनमा हरियो लसुनको मूल्य पनि १६ प्रतिशतले बढेको छ । यदि नेपालले नेपाली कृषकलाई नै उत्पादन नबढाउने हो भने हाम्रो बजार यस्तै उचाडचढाव आईरहने छ । यसको विकल्प दिन र आत्म निर्भर हुन सिक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्