गोंगबु नयाँ बसपाकमा प्रहरीको स्वप अपरेसन
काठमाडौं, १९ माघ । गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अपरेसनका अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सधैं जसो अवैध र अनैतिक कार्य हुने थलोको रुपमा चिनिएकबो नयाँ बसपार्क क्षेत्रबाट गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति प्रहरीले गरेको स्विप अपरेसन सञ्चालन गरेका थिए । सोहिक्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी रहेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउपर्नेहरुलाई प्रहरी स्रोतको अनुसार महानगरिय प्रहरी वृत बालाजुमा राखिएको बुझिएको छ ।











प्रतिक्रिया दिनुहोस्