अन्नपूर्णको फेदीमा फसेका ४ जना पर्यटकको उद्धार
काठमाडौं , माघ १८ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।
३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई आइतबार बिहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार उद्धार गरिएका उद्धार गरिएका मध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा पाठाइएको र बाँकी दुई जनालाई आफूहरुसँगै गाडीमा राखेर नारच्याङ झरेको बताए ।
शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भए पनि भेट्टाउन सकिएको थिएन।
प्रतिक्रिया दिनुहोस्