काठमाडौंका यी स्थानमा भोलि हुने छैन दिनभर बत्ती
काठमाडौं, माघ १७ । भोली काठमाडौको केही स्थानमा दिनभर बत्ती अवरुद्ध हुने भएको छ । चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न लागेकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । रुख कटान कार्य निर्धा्रित समय अगाडि नै सकिए सो समय भन्दा अगावै पनि लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्