४ जना भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं , माघ १७ । ४ जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । सुनसरी प्रहरीले बँदेल मार्न जंगल गएका चरा जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।सुनसरीको धरान उपमहानगरपालिका-६ बाट दुई नाल भरुवा बन्दुक र मृत बँदेलसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरलिे जनाएको छ ।

गस्तीमा खटिएको प्रहरी टोलीले धरान-६ स्थित गौडे आहालको जंगलबाट निस्कँदै गरेका धरान-६ पानवारीका ३० वर्षीय मणि तामाङ, २६ वर्षीय सिद्धार्थ राई, ३९ वर्षीय रामबहादुर योन्जन र ३० वर्षीय शम्भु दाहाललाई पक्राउ गरेको हो।

पक्राउ गर्दा उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक र मृत अवस्थाको करिब १० किलो वजन भएको बँदेल तथा मोटरसाइकल बरामद गरिएकोे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्