राधी बिद्युत कम्पनीको आईपिओ नतिजा सार्वजनिक

काठमाडौं । राधी बिद्युत कम्पनीले पुस ३ गतेदेखि ६ गतेसम्म निष्काशन गरेको साधारण शेयर (आइपिओ) बुधबार बाँडफाँड भएको छ । सदर भएका कुल एक लाख ६४ हजार ९९० आवेदकमध्ये गोलाप्रथाबाट ७१ हजार १०२ सर्वसाधारण आवेदकले दश कित्ता प्राप्त गरेका छन् ।

कम्पनीले निष्कासन गरेको ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता सेयरका लागि एक लाख ६६ हजार ३१७ वटा आवेदन परेको थियो । त्यसमध्ये एक हजार ३२७ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको सेयर पाएनन् ।

कुल ७ लाख ६४ हजार ५५० कित्ता सेयरमध्ये कर्मचारीलाई १५ हजार २९१ कित्ता र सामुहिक लगानी कोषका लागि ३८ हजार २२८ कित्ता सेयर छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्