इन्डोनेसियामा नेपालीको गोली हानी हत्या

काठमाडौं । इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर हत्या गरेको छ । ३४ वर्षीय शरण तामाङ लागू औषध तस्करको आरोपमा प्रहरी कारवाहीमा मारिएका त्यहाँको प्रहरीले जनाएको छ ।

लागु औषध कारोवारी तामाङकहाँ प्रहरी ग्राहक बनेर पुगेको बताइएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।

उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३।४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।

सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्