प्रदेश सभा तर्फ समानुपातिक मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिकको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले समानुपातिक तर्फको सिट बाँडबाँट गरी आवश्यक सबै प्रक्रिया सकेकाले अन्तिम परिणाम सार्वजनिक गर्न लागेको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिएका छन् ।

सरकारले आज प्रदेश प्रमुख नियुक्त गरे, आजै साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारीमा आयोग रहेको उनले बताए। सरकारले प्रदेश प्रमुख नियुक्त नगर्दा आयोगले प्रदेशसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम परिणाम होल्ड गरेको छ ।

अन्तिम परिणाम सार्बजनिक भएको सात दिन भित्र प्रदेश प्रमुखसंग सपथ लिनुपर्ने कानुनी बाध्यताका बीच आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गरेको हो । सरकारको निर्णयपछि आयोगले बाँकी प्रक्रिया अघि बढाउने प्रबक्ता ढकालको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्