युवा संघका नेतामाथि खुकुरी प्रहार, घाइते थापा ग्राण्डी अस्पतालमा

काठमाडौँ, १५ काठमाडौ । युवा संघ नेपाल धादिङ्गका नेता शम्भु थापामाथि सांघातिक हमला भएको छ । जन्ती गएर मोटरसाइकलमा फर्कने क्रममा थापामाथि बिच बाटोमा लुकेर बसेका केही युवाहरुले थापालाई आक्रमण गरेका हुन् । उनलाई किन र के का लागि कसले आक्रमण गर्याे भन्नेकुरा खुल्न सकेको छेन । उनीमाथि दिउँसो ३ बजे हतियार प्रहार भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले जागरण न्युजलाई बताए ।

त्रिपुरासुन्दरी गाउँपालिका वाडै नां ५मा स्थायी बसोबास गर्ने थापालाई टाउको र हातमा गम्भीर चोट लागेको छ । उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । गम्भीर घाइते थापालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । घाइते थापाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्