मकवानपुरबाट ३२ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं, माघ १५ । मकवानपुरबाट ३२ किलो गाँजासहित तीन पक्राउ परेका छन् । प्रहरीले भारतीय नम्बर प्लेट भएको गाडीबाट ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक संजित पासवान, अजैमल हवारी र जाहेरा खातुन रहेका छन् ।

हेटौडा उपमहानगरपालिका ११ थानाभञ्जयाङस्थित पूर्व पश्चिम लोकमार्गको मनहरीबाट हेटौडा जाँदै गरेको बी आर ०६ जे ४४४५८ नम्बरको गाडी चेक गर्दा सिटमुनि १६ पोकामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चेकजाँचको लागि गाडी रोक्न खोज्दा नरोकिएपछि प्रहरीले दुई राउण्ड गोली प्रहार समेत गरेको थियो ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गर्दा रात्री बसले ठक्कर दिँदा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन् । ठक्करबाट घाइते भएकाहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । उनीहरुको अनुसन्धान भइरहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्