बन्दले धनकुटाको जनजीवन प्रभावित

काठमाडौं । धनकुटामा बन्दले जनजीवन प्रभावित भएको छ । प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेसंगै त्यहॉको जनजीवन प्रभावित बनेको हो ।

बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । मुलघाट, भेडेटार, हिले, सिधुवा, लेगुवा लगायतका स्थानमा कयौं सवारी साधन रोकिदा यात्रु अलपत्र परेका छन् ।

बिहानैदेखि आन्दोलनरत प्रदर्शन जारी राखेका छन् । धनकुटा बजारको जिरो प्वाइन्ट, आत्मारा ढाँट लगायतका स्थानमा सडकमा उत्रिएर यातायात अवरुद्ध पारिएको छ ।

बिहानैदेखि बजार, पसल, शिक्षण संस्था, उद्योग, कलखाना समेत बन्द रहेको छ । बन्द अवज्ञा गरेको भन्दै धनकुटाको आत्मारा ढाटमा आज बिहान बन्दकर्ताले एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।

सरकारले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी तोक्न आनकान गरेको भन्दै विगत पाँच सातादेखि जिल्लामा दिनहु‘जसो प्रदर्शन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्