बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं, माघ १५ । बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको हे ।
भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्