मोटरसाइकल र भ्यान एकआपसमा ठोक्किए, श्रीमान्श्री-मतीको मृत्यु, छोरा घाइते
काठमाडौं, माघ १५ । धनुषामा मोटरसाइकल र भ्यान एकआपसमा ठोक्किदा श्रीमान्श्री-मतीको मृत्यु, भएको छ भने छोरा घाइते भएका छन् ।
मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साह रहेको प्रहरीले जनाएको छ ।
मृतक दम्पत्तिको १० वर्षीय छोरा जोन कुमार साह घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले बताए । घाइते जोनको अवस्था सामान्य रहेको डिएसपी कार्कीले बताए।
धनुषाको गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान एक आपसमा ठोक्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्