आफ्नै ७ वर्षीया छोरीलाई करणी
काठमाडौं, १५ माघ । सुन्दा पनि अचम्म लाग्ने कुरा कानकाई नगरपालिका–१ मा भएको छ । आफ्नै ७ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षी बुबालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । आवश्यक अनुसन्धान पछि आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्