राष्ट्रियसभामा तीन विधेयक पेस
काठमाडौं , माघ १४ । राष्ट्रियसभामा तीन विधेयक पेस भएका छन् । आज बसेको राष्ट्रियसभाका बैठकमा यी तीन विधेयक पेस भएका हुन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक), २०७६ तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ पेस गरेका हुन् ।
बैठकमा विधायन व्यवस्थापन समिति सभापति पर्शुराम मेघी गुरुङले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेस गरे ।
यस्तै बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको पनि गरिएको थियो । उक्त शोक राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठकमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए । अब राष्ट्रियसभाको अर्को बैठक माघ १९ गते बिहान ११ बजे बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्