साढे २ किलो सुनसहित ६ जना पक्राउ

काठमाडौं, १३ माघ । चीनको केरुङबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । सुन सुवागढी नाकाबाट काठमाण्डौ ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३५ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा शेर्पा र चालक दोलखाको तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन् ।

ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको सुनसहित उनीहरूलाई घट्टेखोलाबाट पक्राउ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
बरामद भएको सुनको बजार मूल्य १ करोड ६० लाख पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्