सभामुखलाई सपथ गर्दै गर्दा राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गर्ने दर्जनौं पक्राउ

काठमाडौँ, १३ माघ । राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सपथ खुवाई रहेका बेला पर्दशन गन पुगेका अधिकाकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
द्वन्द्व कालमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका अग्नि सापकोटालाई सपथ नखुवाउन एवं हत्या आरोपी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न र पीडितलाई न्याय दिन माग गर्दै राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन पुगेका द्वन्द्व पीडित तथा अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
साझा चौतारीका महासचिव जनक राउत, हत्या गरिएका अर्जुन लामाकी पीडित श्रीमती पूर्णिमाया लामा, चौतारीका उपत्यका समितिका सदस्य द्वन्द्व पीडित शंकर बुढाथोकी, लगायत मानवअधिकारकर्मीहरु चरण प्रसाइ, महामुनिश्वर आचार्य, एलिना गौतम, निराजन थपलीया, विपिन बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेललाई प्रहरीले नियन्णमा लिएको छ ।

न्यायको अभियानमा आवाज उठाउने व्यक्तिहरुलार्य पक्राउ गर्ने तर व्यक्ति हत्याको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान गर्नुसाटो सभामुख जस्तो गरिमामय पदमा निर्वाचित गर्नु लोकतन्त्रकै उपहास हो । पीडितलाई न्याय दिने जिम्म्ेवारी बहन गर्नुको साटो पीडितलाई गलाउने र न्याय माग्ने पीडितलाई पक्राउ समेत गर्ने राज्यको यस लज्जास्पद कार्यको भन्दै त द्वन्द्व पीडित साझा चौतारीले घोर भत्र्सना गर्दै पक्राउ गरेका सबैलाई निशर्त छाड्न माग गरेको छ ।
साथै सत्य आयोग सम्वन्धि ऐन संशोधन गर्ने चर्चा चलिरहेको सम्वन्धमा हत्या आरोपी व्यक्ति सभामुख भएको संसदले कस्तो ऐन संशोधन गर्ला र पीडितले न्याय पाउलान्न् भन्ने गम्भीर प्रश्न उब्जिएको छ । अतः द्वन्द्व पीडितको न्यायको माग गर्दा नियन्त्रणमा लिइएका सम्पूर्ण द्वन्द्व पीडित एवं मानवअधिकारकर्मीहरुको तत्काल बिनाशर्त रिहाईको माग गर्दछ जारी विज्ञप्तिमा भनिएको छ । हत्या आरोप लागेका व्यक्तिउपर तत्काल अनुसन्धान थाल्न, संक्रमणकालीन न्याय प्रक्रियाको समग्र कार्ययोजना सहित कानुन संशोधनको अर्थपूर्ण प्रक्रिया तत्काल थाल्न समेत द्वन्द्व पीडित साझा चौतारी जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्