पोखरा विमानस्थलबाट २२ राउण्ड गोलीसहित एक पक्राउ

काठमाडौं, माघ १२ । यति एयरलायन्सको उडानबाट काठमाडौं आउन लागेका एक जनालाई पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको प्रहरीले जनाएको छ।शाहीले बोकेको झोला एक्सरे मेसिनबाट परीक्षण गर्दा उक्त गोली भेटिएको हो।

गोली २२ बिओआर राइफलमा प्रयोग हुने समेत प्रहरीले बताएको छ । शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्