अरुण तेस्रोको पावर हाउसनजिकै भयानक बम विस्फोट , यस्तो छ अवस्था

काठमाडौं, माघ १२ । अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो।

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ। कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ। घटनास्थलमा कुकरका टुक्राहरु भेटिएका छन्। विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयले यसबारेमा थप विवरण आइनसकेको जनाएको छ। प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।

पछिल्लो समय जलविद्युत आयोजना तथा ऐनसीएलका टावरमा पनि आगजनी हुने क्रम पनि बढेको छ । यसका पनि विप्लवको संलग्ता रहेको प्रहरीले आशंका गरेको छ भने केहि लाई पक्राउ समेत गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्