खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट, ६ जना पक्राउ

काठमाडौं । पछिल्लो समय दिनानुदिन विभन्न अपराधिकका घटना बढ्दै जान थालेका छन् । कतै हत्या हिंसा त कतै बलात्कार त कतै लुटपाट तथा चोरी डकैती । यस्ता घटनामाका समाचार दिनहुा जसो हामी पढ्ने र सुन्ने गर्छौ । यसैबीच खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।
पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । एकान्तमा बोलाई समूह मिली लुटपाट र डकैती गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्