एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्करी, तीनजना पक्राउ

काठमाडौ , माघ १२ । मकवानपुरमा एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्करी गर्ने गरेको भेटिएको छ । गाउँघर तथा केहि स्थानमा बिरामी मान्छेलाई बोक्ने एक्बुलेन्स छैन भएपनि भनेको समयमा आउँदैनख तर खुलमखुल्ला एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्करी भइरहेको छ । मकवानपुरकमा एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्करी गर्ने तीनजना पक्राउ परेका छन् ।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा–नारायणगढ सडक अन्तर्गत नेवारपानीमा बा २ झ १७४९ नंबरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम फेला पारेको थियो ।

तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स रौतहट डुमरीया नगरपालिका स्वास्थ्य चौकीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्सका चालक महमद खलिद, अशोक कुमार र भारतीय नागरिक विनोद सहनी छन् ।

उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यता हेटौडा बसपार्कबाट १० किलो गाँजा सहित पक्राउ परेका दुईजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्