सर्लाहीका उखु किसानले गरे अन्नपूर्ण सुगर मिलअगाडि टायर बालेर प्रदर्शन
काठमाडौं, माघ ११ । सर्लाहीका उखु किसानले शनिबार धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।गएको पुस १८ गते आफूहरुसँग सरकारले गरेको सहमति अनुसार भुक्तानी नपाएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
सरकारसँग गरेको पूर्व सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलन गर्नुपरेको उखु किसान रामविश्वास रायले बताए।
किसानहरुले पुरानो बाँकी रकम नपाएसम्म उद्योगको मूल गेटमा धर्ना जारी राख्ने जनाएका छन् । त्यस्तै अहिले सर्लाहीको हरिवनमा नेपाल उखु उत्पादक महासंघको बैठक बसेको छ।
सरकारले उखु किसानसँग गरेको सहमति कार्यान्वयन नगरेकाले आगामी रणनीति तयार गर्न बैठक बसेको अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।अन्नपूर्ण सुगर मिलले किसानलाई तीन वर्षदेखिको करिब ४० करोड भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्