विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनाः ५ जनाको मृत्यु
काठमाडौं । धादिङ, सप्तरी, बैतडी, नवलपरासी(पूर्व) र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
धादिङको गल्छी गाउँपालिका(६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३(०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय बद्री बहादुर कार्कीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका कार्कीको ६ नम्बर बाहिनी बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैतडी, सूर्नया गाउँपालिका(२ सिन्के लेकस्थित सडकमा से.२ त ९०१ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका बस्ने २६ वर्षीय दिल बहादुर चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।
यसैगरी नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका(७ साईफन चोकस्थित सडकमा लु.१ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका(२ सितापुरस्थित सडकमा पनि ना.६ ख ४०५२ नम्बरको ट्रकले बा.८९ प ५२९२ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिका बस्ने करिव ४५ वर्षीय राम बहादुर कुँवरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको बागमती नगरपालिका(२ स्थित सडकमा पनि ग.१ ख ८१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय छोयाङ दोर्जेको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्