अब छोरा छोरीलाई निजी विद्यालय पढाउने सरकारी कर्मचारीलाई कारबाही हुन्छ मुख्यमन्त्री

काठमाडौं, माघ ११ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छोरा छोरीलाई निजी विद्यालय पढाउने सरकारी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।

सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई सरकारी स्कुलमा भर्ना नगरे कारबाही गर्ने चेतावनी दिए । डोटीको दिपायल सिलगढी नगरपालिका ४ मा निर्माण हुन लागेको निजामी कर्मचारी बिद्यालयको शिलान्यास गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

मुख्यमन्त्री भट्टले भने सरकारी जागिर खाएर कर्मचारीले छोरा छोरीलाई निजी बोर्डिङमा पढाउने गरेको छ , ‘सरकारको पैसा खाएर छोरी छोरी निजी बोर्डिङमा पढाउन पाइदैन, निजी बोर्डिङमा पढाउनेलाइ अब कारबाही हुन्छ ।’

प्रदेशभित्रका निजी विद्यालयमा छोरा छोरी पढाउने सरकारी कर्मचारीको तथ्यांक संकलन गर्ने काम सुरु गर्न लागेको भन्दै उहाँले त्यसबाट आउने तथ्यांक अनुसार कारबाही अघि बढाइने बताए ।

२ करोड ३९ लाख लागत ६ कोठे दुइ तले निजामती स्कुलको भवन २०७८ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएको छ । निजामती कर्मचारी स्कुलका लागि १०० रोजनी जमिन खरिद गरेर भवन बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्