गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गरे अब ७ दिनभित्र स्वदेश फर्काइने

काठमाडौं , माघ १० । गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गर्न खोजे ७ दिनभित्र स्वदेश फर्काइने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको ‘सीमा व्यस्थापनसम्बन्धी सम्झौता’ले हिरासतमा राखेको एक साताभित्र चीन फर्काउने व्यवस्था गरेको हो ।

प्रतिनिधिसभाको जानकारीका लागि पेश गरिएको सम्झौताको पूर्णपाठको धारा २६ को उपधारा (२) मा भनिएको छ, ‘दुवै पक्षका सीमा प्रतिनिधिहरु र सक्षम निकायले गैरकानूनी रुपमा सीमा पार गर्न खोजेको व्यक्तिको सम्बन्धमा अनुसन्धान गर्नेछ, तिनीहरुको पहिचान, तथ्य र कारण यथासम्भव चाँडो यकीन गर्नेछ र हिरासतमा राखेको सात दिनभित्र निजलाई सीमा पार गर्नुभन्दा अगाडि बसेको अर्को पक्षतर्फ हस्तान्तरण गर्नेछ ।’

केहि समय अगाडी नेपाल प्रवेश गरेर विभन्न अपराधीक क्रियाकलापमा संलग्नरहेका चिनिया नागरिकलाई पक्राउ गरिएको थियो । उनीहरुले केहिदिन हिरासतमा राखेर पछि चिनिया नै पठाएको हो ।  यसरी गैरकानूनी रुपमा चिनियाँ नागकिर लगाएत अन्य देशका नागरिक पनि नेपालमा प्रवेश गरि विभन्न अपारात्रि क्रियाकलापमा संलग्न रहेको पाइने गर्दछन । यसको न्युनिकरणका लागि पनि यो बनाउन आवश्यक ठहरिन्छ ।

प्रतिक्रिया दिनुहोस्